विश्वभर कोरोनाबाट ८ लाख ४० हजारकाे मृत्यु, अमेरिकामा १ लाख ८३ हजार

समाधान संवाददाता २०७७ भदौ १४ गते ६:२७

पाेखरा

कोरोना संक्रमणपछि विश्वभर मृत्यु हुनेहरुको संख्या ८ लाख ४० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ८ लाख ४० हजार ३ सय ८२ पुगेको हो।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ १ लाख ८२ हजार ७ सय १८ जनाको मृत्यु भएको छ। त्यसपछि ब्राजिलमा १ लाख २० हजार २ सय ६२, मेक्सिकोमा ६३ हजार १ सय ४६, भारतमा ६२ हजार ५ सय ५०, बेलायतमा ४१ हजार ५ सय ८५, इटालीमा ३५ हजार ४ सय ७३, फ्रान्समा ३० हजार ६ सय १, स्पेनमा २९ हजार ११, पेरुमा २८ हजार ४ सय ७१ र इरानमा २१ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ।

Advertisement

हालसम्म विश्वभर संक्रमितको संख्या २ करोड ४८ लाख ९४ हजार ५ सय ८९ पुगेको छ, जसमा सबैभन्दा बढी अमेरिकामा छन्। अमेरिकामा ५९ लाख ५८ हजार ९ सय २ जना संक्रमित भएका छन्। त्यसपछि दोस्रो र तेस्रो नम्बरमा क्रमश ब्राजिल र भारत छन्। ब्राजिलमा ३८ लाख ४६ हजार १ सय ५३ र भारतमा ३४ लाख ६३ हजार ९ सय ७२ जना संक्रमित भएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया