पाेखरामा ३ सहित गण्डकीमा ५ थपिए
समाधान संवाददाता
२०७७ भदौ १४ गते ७:३४

समाधान संवाददाता
पाेखरा महानगरपालिकामा ३ सहित गण्डकी प्रदेशमा आइतबार विहान ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे ।
पाेखरा महानगररपालिकाकाे वडा नम्बर ७ का २ जना र ८ का १ जनामा संक्रमण भएकाे छ ।
पाेखरा ७ काे ३७ वर्षीय महिला र ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे छ । त्यस्तै पाेखरा ८ का संक्रमिथ ३८ वर्षीय पुरुष छन् ।
त्यस्तै कावासाेती र मध्यविन्दुका १–१ जना महिलामा काेराेना भाइरस पुष्टि भएकाे छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया