स्याङ्जामा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु

समाधान संवाददाता, स्याङ्जा
स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । आइतबार बिहान वालिङबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ का ३५ वर्षीय भानुभक्त गैह्रे र चापाकोट १० का २५ वर्षका श्याम पंगेनी छन् । दुर्घटनामा चापाकोट नगरपालिका वडा नं ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, २८ वर्षीय पवित्रा पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
एम्बुलेन्स वालिङ नगरपालिका वडा नम्बर ५ मजकोटमा दुर्घटना भएको हो । घाइते दुवैलाई प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको डिएसपी अधिकारीले बताए ।
एम्बुलेन्सले काठमाडौंमा बिरामी छोडेर फर्केको र सडकबाट अन्दाजी २५० मिटर तल खसेको उनले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया