नवलपुरका ६२ वर्षे संक्रमितको मृत्यु, गण्डकीमा मृतक १३ पुगे
समाधान संवाददाता
२०७७ भदौ १४ गते ८:४७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षे पुरुषको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो ।
ती संक्रमितको चितवन मेडिकल कलेजमा उपचारको क्रममा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
उनी कोरोनाबाट मृत्यु हुने नवलपुरका पहिलो मृतक हुन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४, स्याङ्जाका २, गोरखाका २, म्याग्दी, लमजुङ, बागलुङ, नवलपुर र तनहुँका १/१ जना छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया