२९ वर्षीय युवक सहित पाटन अस्पतालमा ३ जना संक्रमितकाे मृत्यु

समाधान संवाददाता २०७७ भदौ १४ गते ११:४९

समाधान संवाददाता

ललितपुरकाे पाटन अस्पतालमा उपचाररत् भर्ना भएका २९ वर्षीय काेराेना संक्रमित युवककाे उपचारकै क्रममा मृत्यु भएकाे छ । साे अस्पतालमा यी युवक सहित आजै तीन जनाकाे काेराेन कै कारण ज्यान गएकाे छ ।

मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालले जानकारी दिएकाे छ ।

Advertisement

अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष मिर्गौलाका बिरामी थिए भने जलेश्वरकी महिलामा रगतमा समस्या थियाे ।

उनले भैरहवाका पुरुष र जलेश्ववरकी महिलाको शव व्यवस्थापन गरिएको र पाटनका युवको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको बताए। 

Advertisement

आइतबार नै वीरगन्जमा रौतहटका ४० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया