नक्कली लाइसेन्स बनाउने ३ पक्राउ

समाधान संवाददाता, पोखरा
सरकारी छाप किर्ते गरी ड्राइभिङ लाइसेन्स बनाउने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीले २०७५ वैशाखमै दोषी गरे गरे पनि हालसम्म फरार थिए । जिल्ला अदालतले उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो ।
फैसलापछि हालसम्म फरार रहेका प्रतिबादीहरुलाई प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँ पालिका-६ तिलाहार घर भई हाल चाउथेमा व्यापार गर्ने ३७ वर्षे निर्दोष गिरी छन् । उनलाइ उनकै वासस्थान चाउथेबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अर्का व्यक्ति २४ वर्षे ऋषिराम गिरी हुन् । पोखरा महानगर ३३ लामगादी बस्ने उनी कन्ट्रक्सन कम्पनीको सुपरभाइजर हुन् । उनलाई शनिबार पोखराको विजयपुरबाट पक्राउ गरिएकाे हो ।
पक्राउ पर्ने तेस्रो व्यक्ति पोखराकै हरिचोकका २२ वर्षे असिम भण्डारी छन् । ड्राइभर पेसा गर्ने उनलाई पनि शनिबार नै हरिचोकबाट पक्राउ गरिएको प्रवक्ता हमालले बताए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया