नक्कली लाइसेन्स बनाउने ३ पक्राउ

समाधान संवाददाता २०७७ भदौ १४ गते १२:४१

समाधान संवाददाता, पोखरा

सरकारी छाप किर्ते गरी ड्राइभिङ लाइसेन्स बनाउने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीले २०७५ वैशाखमै दोषी गरे गरे पनि हालसम्म फरार थिए । जिल्ला अदालतले उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो ।

फैसलापछि हालसम्म फरार रहेका प्रतिबादीहरुलाई प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा पर्वत मोदी गाउँ पालिका-६ तिलाहार घर भई हाल चाउथेमा व्यापार गर्ने ३७ वर्षे निर्दोष गिरी छन् । उनलाइ उनकै वासस्थान चाउथेबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अर्का व्यक्ति २४ वर्षे ऋषिराम गिरी हुन् । पोखरा महानगर ३३ लामगादी बस्ने उनी कन्ट्रक्सन कम्पनीको सुपरभाइजर हुन् । उनलाई शनिबार पोखराको विजयपुरबाट पक्राउ गरिएकाे  हो ।

Advertisement

पक्राउ पर्ने तेस्रो व्यक्ति पोखराकै हरिचोकका २२ वर्षे असिम भण्डारी छन् ।  ड्राइभर पेसा गर्ने उनलाई पनि शनिबार नै हरिचोकबाट पक्राउ गरिएको प्रवक्ता हमालले बताए ।

तपाईको प्रतिक्रिया