काेराेनाले आमा छाेरा कै ज्यान लियाे

समाधान संवाददाता २०७७ भदौ १४ गते १४:१२

समाधान संवाददाता

पूर्वी नेपालकाे सुनसरी जिल्लास्थित धरान उपमहानगरपालिकामा कोरोना संक्रमणबाट एकै दिन एकै घरका आमाछोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७४ वर्षीय आमा र ६० वर्षीय छाेरा छन् ।

Advertisement

श्वासप्रश्वास लगायतका स्वास्थ्यमा समस्या देखिएपछि आमा छाेरा दुवै ज नालाई शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएकाे थियाे ।

धरान उपमहानगरपालिका-१७  का आमा छाेराकाे आइतबार विहान मृत्यु भएकाे हाे ।

Advertisement

दुवै जना मधुमेह र उच्चरक्तचापका राेगी थिए । छाेराकाे विहान ७ :४५ र आमाको बिहान ८ : ३० बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ

तपाईको प्रतिक्रिया