बढ्दै छ काेराेना संक्रमणकाे दर, आजै थपिए १२२१ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ १४ गते १७:३५

समाधान संवाददाता
नेपालमा काेराेना भाइरसकाे संक्रमितकाे दर दिनानुदिन बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ती मध्ये ३४८ महिला र ८७३ पुरुष हुन् ।
याेसँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । काेराेनाबाट देशभरमा २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया