काेराेनाबाट पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्यु

समाधान संवाददाता २०७७ भदौ १४ गते १७:५३

समाधान संवाददाता

नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या पनि बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा देशभरमा थप १४ जनाकाे ज्यान गएकाे छ ।

अहिलेसम्म काेराेनाबाट नेपालमा २२१ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा ज्यान गुमाउने मध्ये ४ जना महिला र १० जना पुरुष छन् ।

Advertisement

मृतकहरुमा सुनसरीका ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष गरी दुई जना, बारामा ४७ वर्षीया महिला, महाेत्तरीमा ६२ वर्षीया महिला तथा ७० र ३५ वर्षीय पुरुष गरी तीन जना, काठमाडाैँमा ७२ वर्षीया महिला, मोरङमा ६२ वर्षीय पुरुष, राैतहटमा ३० वर्षीय पुरुष, ललितपुरमा २९ वर्षीय पुरुष, भक्तपुरमा ६५ वर्षीय पुरुष,  नवलपरासीमा ६२ वर्षीय पुरुष तथा रुपन्देहीमा ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया