ट्रकको ब्याट्री चोर्ने गिरोहका ५ जना पोखराबाट पक्राउ

समाधान संवाददाता २०७७ भदौ १४ गते २३:२०

समाधान संवाददाता, पोखरा

पार्किङ गरिराखेको ट्रकबाट ब्याट्री चोरी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १४ चाउथे खसीबजारबाट पार्किङ गरिराखेका ४ वटा ट्रकबाट ५ थान ब्याट्री चोर्ने गिरोहका ५ जनालाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके नेपालगञ्ज ८ घर भई पोखरा १४ हेवलीमार्ग बस्ने २४ वर्षीय कमल पुन, दाङ नारायणपुर १० मसिना घर भई पोखरा हेवलीमार्ग नै बस्ने १९ वर्षीय बिनोद भनिने अजय चौधरी, धादिङ सिद्धेलेख गापा ३ घर भई पोखरा काजीपोखरी बस्ने २५ वर्षीय पूर्णबहादुर माझी, भारत बिहार घर भई पोखरा १० वीरेन्द्रचोक बस्ने दिनेश साह र बिहार घर भई माझीसँगै बस्ने ४२ वर्षीय विनोदप्रसाद जैसवाल रहेका छन् । माझी र जैसवाल कवाडी सम्बन्धी काम गर्छन् ।

Advertisement

उनीहरुविरुद्ध चोरी मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ८ दिको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया