ट्रकको ब्याट्री चोर्ने गिरोहका ५ जना पोखराबाट पक्राउ

समाधान संवाददाता, पोखरा
पार्किङ गरिराखेको ट्रकबाट ब्याट्री चोरी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १४ चाउथे खसीबजारबाट पार्किङ गरिराखेका ४ वटा ट्रकबाट ५ थान ब्याट्री चोर्ने गिरोहका ५ जनालाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके नेपालगञ्ज ८ घर भई पोखरा १४ हेवलीमार्ग बस्ने २४ वर्षीय कमल पुन, दाङ नारायणपुर १० मसिना घर भई पोखरा हेवलीमार्ग नै बस्ने १९ वर्षीय बिनोद भनिने अजय चौधरी, धादिङ सिद्धेलेख गापा ३ घर भई पोखरा काजीपोखरी बस्ने २५ वर्षीय पूर्णबहादुर माझी, भारत बिहार घर भई पोखरा १० वीरेन्द्रचोक बस्ने दिनेश साह र बिहार घर भई माझीसँगै बस्ने ४२ वर्षीय विनोदप्रसाद जैसवाल रहेका छन् । माझी र जैसवाल कवाडी सम्बन्धी काम गर्छन् ।
उनीहरुविरुद्ध चोरी मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ८ दिको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया