ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

रासस÷एएनआई
कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् ।
प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो । तर अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा कम भएको पनि बताएका छन् ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ३६० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।
यहाँ यस अघिका दिनहरुको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि सङ्क्रमण देखिएको थियो ।
तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ । सङ्क्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ ।
यहाँ सङ्क्रमित संख्या लाखौँ पुगेका छ । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ ३८ लाख ६२ हजार ३११ जनामा सङ्क्रमण भएको पाइएको छ ।
शनिबार मात्र पनि यहाँ ४० हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका थिए । त्यस्तै मृत्युको संख्या ७०० भन्दा पनि बढी थियो । त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ । यहाँका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । यहाँ संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित देखिएका बताइएको ।
ब्रालिज लामो समयदेखि नै अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा रहेको छ । अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस सङ्क्रमित पाइएका छन् ।
पछिल्लो समाचारमा अमेरिकामा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख ८३ हजार पुगेको बताइएको छ । अमेरिकामा संक्रमण र मृत्युको संख्या दिनप्रतिदिन बढिरहेको देखिएको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया