पाकिस्तानमाथि इग्ल्याण्डकाे किर्तिमानी राेमाञ्चक जित

समाधान संवाददाता २०७७ भदौ १५ गते १२:२६

एजेन्सी

पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेलमा इंग्ल्यान्डले राेमञ्चक जित हात पारेकाे छ । पाकिस्तानले दिएकाे १९६ रनकाे लक्ष्य पनि इग्ल्याण्डले ५ बल बाँकी छदै पुरा गर्याे ।

बेलायत मै जारी प्रतियाेगिताकाे पहिलाे खेल भने वर्षाका कारण रद्द भएकाे थियाे । याे जितसँगै इग्ल्याण्ड १–० ले अगाडि भएकाे छ ।

Advertisement

आइतबार म्यानचेस्टरमा भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै कीर्तिमान समेत बनायो।

पाकिस्तानले दिएको १९६ रनको विशाल लक्ष्य ५ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्दा पाकिस्तानले दिएको अहिलेसम्मकै विशाल लक्ष्य पूरा गरेकाे किर्तिमान बनेकाे छ ।

Advertisement

पाकिस्तानविरुद्ध जित हात पार्ने क्रममा इंग्ल्यान्डका कप्तान इयान मोर्गानले ३३ बलमा ६६ रन जोडे। यस्तै डविल मलानले नटआउट ५४ रनको योगदान दिए।

त्यसअघि विकेटकिपर जोनी बायस्ट्रोले २४ बलमा ४४ रन जोडेका थिए। बलिङमा पाकिस्तानका शादब खानले ३ विकेट र हरिस रउफले २ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन।

त्यसअघि पाकिस्तानले ४ विकेटको क्षतिमा १९५ रन बनायो। यो पाकिस्तानले इंल्यान्डविरुद्ध टी-२० मा बनाएको अहिलेसम्मकै ठूलो लक्ष्य हो।

पाकिस्तानका लागि मोहमद हाफिजले ३६ बलमा ६९ रनको योगदान दिए।

बाबर अजामले ५६ रन र फखर जमानले ३६ रनको योगदान दिए।

तपाईको प्रतिक्रिया