भारत र चीनबीच फेरि तनाव
समाधान संवाददाता
२०७७ भदौ १५ गते १२:५१

समाधान संवाददाता
नेपालका २ छिमकी देश भारत र चीनबीच फेरि तनाव सुरु भएकाे छ । सिमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडपकाे स्थिति छ ।
भारत र चीनकाे लद्दाख स्थित सिमा क्षेत्रकाे पछिल्लाे तनाव मत्थर हुन नपाउदै फेरिि दुवै देशका सैनिकबीच झडप भएकाे खबर भारतीय सञ्चार माध्यमले दिएका छन् ।
भारतीय सेनाले अगस्ट २९ र ३० गते राती लद्दाख क्षेत्रमा फेरि झडप भएकाे जनाएकाे छ । सेनाका कर्नेलले वक्तब्य जारी गर्दै चिनीया सेनाले निषेधित क्षेत्रमा प्रवेश गरेकाे दावी गरेकाे छ ।
याे तनावसँगै श्रीनगरबाठ लद्दाख जाने बाटाे सर्बसाधारणका लागि बन्द गरिएकाे छ । साे सडकमा सेनाका सवारी साधन मात्र चल्न पाउने छन् ।
यसकाे मतलब सैन्य युद्दकाे तयारीमा भारत पनि रहेकेा भारतीय सञ्चार माध्यमले बताइरहेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया