पुस्तकालय दिवसको उदय र उद्देश्य

समाधान संवाददाता २०७७ भदौ १५ गते १४:१६

खिम लामिछाने काजी

कोरोना भाइरसको बिषम परिस्थितिले गर्दा संसारभर भइरहेका हरेक नियमित कार्यक्रमहरुको तालिकामा फेलबदल भइरहेको छ । अत्यावश्यक कामहरु बाहेक अन्य कामहरु प्राय ठप्पै छन् ।

यस्तो बिकराल परिस्थितीमा पनि पढ्ने तथा ज्ञान लिने र दिने काम भने रोकिएको छैन । हाल कोरोना भाइरसको औषधी खोप पत्ता लगाउन संसार भर वैज्ञानिकहरु लागिपरेका छन् । नयाँ ज्ञानको खोजी भइरहेको छ ।

Advertisement

यस्तै नयाँ ज्ञानको खोजी गर्न, अध्ययन र अनुसन्धान गर्न, पढ्ने बानी र सस्क्रितीको बिकास गर्ने पवित्र उद्देश्य बोकेर नेपालमा पुस्तकालय दिवस मनाउने प्रचलनको सुरुवात २०६५ भदौ १५ गतेदेखि सुरु भयो ।

हरेक बिधा, बिषय तथा क्षेत्रको बिकास र महत्वलाई उजागर गर्ने उदेश्य राखेर बर्षको कुनै एक दिन तत सम्बधिन एतिहासिक घटनाक्रमलाई जोडेर, त्यसैको स्मरण होस भन्ने हेतुले तत सम्बधी दिवस मनाउने गरिन्छ ।

Advertisement

त्यसैगरी, पुस्तकालयको बिकास र पुस्तकालयसँग सबन्धित रहेर लामो समय काम गर्ने पुस्तकालयकर्मीहरु, पुस्तकालय ब्यबस्थापन गर्ने शिक्षाबिदहरु तथा पुस्तकादक्ष्यहरुलाई पढने सस्कृतीको बिकास गनेर्, पुस्तकालयको महत्वलाई अझै फैलाउने उदेश्य राखेर बर्षको एक दिन पुस्तकालय दिवस मनाउ पर्छ भन्ने कुराको महशुश भयो ।

नेपाल पुस्तकालय संघ र संवद्ध संस्थाहरुको सामुहिक प्रयास र सल्लाहवाट नेपालमा लेखन सामग्रीको संकलन संवर्धन गर्न गठित पुस्तकालय तथा सूचना विज्ञान विद्यार्थी संघबाट नेपालमा पुस्तकालय दिवस मनाउने संवन्धमा छलफल अघि वढाएर पुस्तकालय दिवसको तिथी मितिको निक्र्यौल गर्न गराउन अग्रसरताको थालनी गरियो ।

पुस्तकालय दिवस मनाउने मिती तोक्नको लागी नेपालको ईतिहासमा पुस्तकालय सम्बन्धी घटनाहरुको सोध खोज गर्ने, अध्ययन गर्ने र बिश्लेसण गर्ने काम सुरु भयो । एतिहासिक घटनाक्रमहरुलाई हेर्दा २ वता मुख्य घटनाहरुमा सबैको ध्यान केन्द्रित भयो ।

पहिलो बिक्रम सम्बत १८६९ मा तत्कालिन राजा गिर्वाणयुद्ध वीर बिक्रम शाहको पालामा पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा युद्धमा जितेर ल्याएका सामाग्रीहरुलाई सुचीक्रित गरेर राख्नको लागि एक जना कर्मचारी खटाएका थिय ।

बि स १८६९ साल भाद्र १५ गते लाल मोहर जारी गरी पण्डित केदारनाथ झालाई “पुस्तक चिताही तहबिल“ र अर्को एक जनालाई टहलुवा पदमा कर्मचारी नियुक्ती गरेको दिन, दोश्रो राणा प्रधानमन्त्री देवशमशेरले सर्वप्रथम विसं १९५८ मा उनको राज्यभिषेकको अवसर पारी गोरखापत्रको वर्ष १ अंक २ मा सूचना प्रकाशित गरी सर्बसाधारणको अध्ययनको लागी पुस्तकालय खुला गरेको दिन जेठ ३ गतेका दिन ।

कतिपय बिज्ञहरुले अन्तरराष्ट्रिय साक्षरता दिवस सेप्टेम्बर ८ लाई पनि पुस्तकालय दिवसको रुपमा मनाउन सकिन्छ भन्ने सुझाब दिएका थिय । देशभर रहेका पुस्तकालयकर्मी, पुस्तकालय ब्यबस्थापनासँग सबम्धित ब्यक्ती तथा सस्थाहरु, शिक्षाबिद र बिज्ञहरुको राय सुझाब संकलन गरिएको थियो ।

पुरा १ बर्षको समय सुझाब संकलनमा ब्यतित भयो । प्राप्त भएका सुचना, राय र सुझाबहरु माथि बहस र छलफल भए । ब्यापक बहस र छलफल पश्यात भाद्र १५ लाई पुस्तकालय दिवस मनाउने सामुहिक सहमती । यसरी पहिलो पटक २०६५ भाद्र १५ गते गिर्वाणयुद्ध बिक्रम शाहले लाल मोहार जारी गरी पुस्तकालयको कर्मचारी नियुक्ती गरेको दिन भाद्र १५ गते देश भर पुस्तकालय दिवस मनाइयो ।

वि.सं. १८६९ मा जारी भएको लालमोहर “आगे केदारनाथ झा पंडितके हाम्रा दरबारका जती पुस्तक छ. तस्को चिताई तहबिल सम्वत १८६९ सालदेषी तिमिलाई बक्सौं. तिमिले आफ्ना षातिर्जामासीत पुस्तक सबैको संभार गर्नु. विनाहुकुम पुस्तक कसैलाई नदिनु. दरबारमा काम लाग्या पुस्तकको काम चलाऊनु, पुस्तकको तहबिल आफ्ना जीम्मा गरी राषनु. असुद्ध भयाको पुस्तक सुद्ध गर्नु. टुट्याफाट्याको लीषाऊनु. मुसा कीरा पानी अरू बिगारन्यासीत बचाऊनु. दर्बारमा नभयाको पुस्तक काम लागन्या छ भन्या दर्बारबाट दाम ली हुकुमबमोजिम लीषाऊनु. कीन्नु. काम जाग्यामा पुस्तक हेर्नु. दोई दसमीमा भेटी बोक्या पुस्तकलाई वासा अरू पुजामा चाहिन्या सरजाम ली पुस्तककोठामा सरस्वतीको पुस्तक सबैको पुजापाठ गर्नु. ऐस कामको षानगी रुपैया १२५ सालबसाल् तिमीलाई गरी बक्सौं. त्यो षानगी षाई रातोदिन पुस्तकको काममा हाजीर रहनु ऐस काममा लेषक र टहलुआ मानिस जना २ जाचि बुझी राषनु. तस्को षानगी रुपैया ७० गरिबक्सौं. त्यो दी रातोदिन टहलमा रुजू राषनु. भितीरिया कामको सरहबमोजीम दसमी फागू संकराती वीवाह श्राध्य षर्च र पोषाक मामुली भयाको लीनु. पुस्तककोठामा रातिभरी बाती बालन्या तेल माना ।– पुस्तक लेषन्या कागत मसी हरिताल सीमरिफ् लीनू. अरु चाहिन्या पुस्तकको कुरा विन्ती गर्नू. इति सम्वत १८६९ साल मिति भदौवदि ६ रोज ६ शुभम्” ।

नेपाल पुस्तकालय संघ तथा शिक्षा मन्त्रलायको परिपत्र अनुसार देश भर पुस्तकालय दिवस सोही वर्ष देखि निरन्तर रुपमा मनाउँदै आएको छ ।

पुस्तकालय दिवसका उद्देश्यहरु

१. पुस्तकालय प्रयोगमा रुचि जगाउने ।

२. अध्ययन संस्कृतिको विकास गर्ने र सूचना एव्म ज्ञानमा अधारित समाज निर्माणको लागि वातावरण सिर्जना गर्ने ।

३. शैक्षिक क्रियाकलाप (अनौपचारिक शिक्षा) मा पुस्तकालयको प्रयोग र महत्वलाई केन्द्रीय तत्व मध्येको स्थान दिलाउने वातावरण सिर्जना गर्ने ।

४. पुस्तकालय तथा सूचना विज्ञानको क्षेत्रमा भएका प्रगति तथा गतिविधिहरुवारे आम नागरिकहरु, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पाठक, पुस्तकालय प्रेमी एव्म अन्य सरोकारवाला निकायहरु विछ प्रचार प्रसार गर्ने ।

५. पुस्तकालय दिवसलाई संस्थागत गर्दै राष्ट्रिय मान्यता दिलाउन प्रयास गर्ने ।

यसरी नेपालमा पुस्तकालय दिवस मनाउन सुरु गरेपछि पुस्तकालयको विकासमा सरकारको तर्फबाट निम्नानुसारको पहल कदमी भएको पाईन्छ ।

१. विक्रम संवत २०६४ सालमा नेपाल सरकारको तर्फवाट शिक्षा मन्त्रालयले पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति २०६४ तयार ग¥यो ।

२. यस्तै गरि शिक्षा मन्त्रालयले पुस्तकालय तथा सूचना व्यवस्थापन निर्दे्शिका २०६९ जारि गरेको थियो । जसअनुसार नेपालको प्रत्येक जिल्लामा पुस्तकालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भए अनुसार कास्कीमा विगत ३ वर्ष देखि गठन भै कार्य गरिरहेको छ ।

३. नेपालको संविधान – २०७२ को भाग ४ राज्यको सिद्धान्त नीति तथा दायित्वको धारा ५१ राज्यका नीतिहरु अन्तर्गत उप धारा (ज) मा नागरिकको आधारभुत आवश्यकता संवन्धी नीतिको ४ नं. मा नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने भन्ने उल्लेख छ ।

संविधानमा सामुदायिक सूचना केन्द्र र पुस्तकालयको सन्दर्भ समेटिए पनि यसको सफल र स्पष्ट कार्यान्वयनका लागि पुस्तकालय ऐन कानून वन्न भने वाकी नै छ ।

काठमाडौमा केन्द्रीय स्तरमा २०६५ साल देखि नै शिक्षा मन्त्रलायको संयोजकत्वमा पुस्तकालय दिवस भव्य रुपमा मनाइदै आएको हामी पाउदछौं ।

पोखरामा पनि सोही वर्षदेखि बिभिन्न रुपमा पहिलो, दोश्रो, तेश्रो हुँदै पुस्तकालय दिवस पोखरा सार्वजनिक पुस्तकालयको नेत्रित्वमा मनाएको थियो भने चौथो र पाँचौ पुस्तकालय दिवस पोखरा स्थित विभिन्न संस्थाका पुस्तकालयकर्मीहरुको सक्रियतामा मनाइयो ।

जसमा पोखरा भित्र रहेका बिभिन्न संघसस्थाको मातहकमा रहेका सार्वजनिक पुस्तकालय तथा शैक्षीक सस्थाका पुस्तकालयहरु मिलेर सामुहिक रुपमा पुस्तकालय दिवस मनाइयो ।

सातौ पुस्तकालय दिवस देखि १०औ पुस्तकालय दिवस २०७४ जिल्ला पुस्तकालय व्यवस्थापन समितिको संयोजकत्वमा आयोजना गरिदै आएको थियो ।

हाल पुस्तकाल ब्यबस्थापन गर्ने जिम्मा प्रदेश सरकारले सामाजिक मन्त्रालय भित्र राखेको अवस्थामा पुस्तकालय दिवस र यो क्षेत्र भित्र रहेका सार्बजनिक पुस्तकालयहरुलाई कसरी ब्यबस्थापना गर्ने भन्ने बारे ठोस निती बनीसकेको छैन । एध्यपी गण्डकी प्रदेश सरकार अन्तर्गत गृहमन्त्रीको बजेट भाषणमा भने पुस्तकालय ब्यब्स्थापनाको लागी बजेटमा समाबेश गरेको पाहिन्छ ।

“समाज रूपान्तरणका लागि पुस्तकालय” भन्ने आदर्श वाक्यका साथ देश भर कोरोनामय जटिल परस्थितिका बीच आज भाद्र १५ गते देशभर पुस्तकालय दिवस मनाईदैछ ।

बिगतमा जस्तो विभिन्न पुस्तकालय, शैक्षिक संस्था र पुस्तकालयसँग सम्बद्ध संघ–संस्थाहरूको सहभागितामा ताजमाजका साथ भव्य रुपमा देशभरी बिविध कार्यक्रम गर्न यसपटक कोरोनाले रोक्यो ।

अनलाइन मीटिङ तथा भर्च्युयल कन्फरेन्सहरु गरेर पुस्तकालसँग सम्बन्धि सरोकारवालाहरुद्वारा भने बिबिध कार्यक्रमहरु गरियो । यो कोरोना भाइरसको कारणले गर्नु परेको लकडाउनको समयमा पढ्ने सस्कृतिको महत्व झनै बढेको तथ्य छापाहरुका प्रकाशित नै भइसकेको छ ।

तपाईको प्रतिक्रिया