साई अर्चना हस्पिटलका सबै कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

समाधान संवाददाता, पोखरा
पोखरा रानीपौवास्थित साई अर्चना हस्पिटलका सबै स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । १० भदौमा उक्त अस्पतालका सुरक्षा गार्डमा कोरोना पुष्टि भएको थियो ।
त्यसपछि अस्पतालका स्वास्थ्यकर्मी, सफाइ कर्मचारी र उपचाररत बिरामी गरी ४८ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार रिपोर्ट नेगेटिभ आएको हो ।
अस्पतालका निर्देशक डा. प्रेम पुनले अस्पतालमा सेवा लिन आउन डराउनुपर्ने अवस्था नरहेको बताए । अस्पतालमा स्वास्थ्य सेवा प्रवाह गर्दा पूर्ण सुरक्षा अपनाइएको निर्देशक डा. पुनले जानकारी दिए । अस्पतालका केही स्वास्थ्यकर्मीमाथि घरबेटीले भेदभावपूर्ण व्यवहार गरेकोमा त्यस्तो नर्गन उनले आग्रह गरे ।
‘घरबेटीले पनि भेदभावपूर्ण व्यवहार गरेको पनि देखियो । १०÷१२ जना स्वास्थ्यकर्मीलाई हामीले यहीँ राख्यौं,’ उनले भने, ‘यस्तो संकटमा अग्रमोर्चामा खटिनेलाई हौसला प्रदान गर्नुको सट्टा त्यस्तो व्यवहार गर्नु दुःखद हो ।’
पछिल्लो समय पोखराका विभिन्न अस्पतालका डाक्टर र नर्सहरुमा संक्रमण भेटिन थालेको छ । २ दिन पहिलेमात्रै फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालका २६ वर्षे डाक्टरमा कोरोना पुष्टि भएको थियो ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया