पत्रकार महासंघ लमजुङ अध्यक्ष आशलाई कोरोना पुष्टि

समाधान संवाददाता २०७७ भदौ १५ गते १८:३४

समाधान संवाददाता
पोखरा

नेपाल पत्रकार महासंघ लमजुङ अध्यक्ष आश गुरुङलाई कोरोना पुष्टि भएको छ ।

लमजुङकै १ रेडियोमा कार्यरत १ सञ्चारकर्मीमा कोरोना पुष्टि भएपछि उनी कन्ट्याक ट्रेसिङमा परेका थिए । गत बिहीबार नै उनको स्वाब संकलन गरेर पोखरा ल्याइएको भए पनि आज सोमबार मात्र नतिजा आएको हो । उनी गत बिहीबारबाटै होटेल क्वारेन्टाइनमा थिए ।

Advertisement

अहिले गुरुङमा खोकी, ज्वरोजस्ता केही पनि लक्षण नदेखिएको नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले बताए । तर पहिलेदेखि नै स्वासप्रस्वासमा सामान्य समस्या रहेकाले उनका स्वास्थ्यमा विशेष ख्याल गर्न उनले सरकारी निकायसँग आग्रह गरेका छन् । उनी कान्तिपुर दैनिकका लमजुङ संवाददाता हुन् ।

रेडियो रहेका घरको घरबेटीमा कोरोना पुष्टि भएपछि पहिलो चरणमा १ कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । त्यही लहरोबाट अहिले कन्ट्याक ट्रेसिङमा पर्नेहरुको पनि स्वाब परीक्षणका लागि पठाइएको छ । रेडियोमा कार्यरत अरु कर्मचारीको शुक्रबार स्वाब पठाइएकोमा नतिजा आउने भने बाँकी छ ।

Advertisement

तपाईको प्रतिक्रिया