लमजुङमा १४ दिनका नाबालकसहित २६ जनालाई काेराेना, गण्डकीमा ३९ थपिए
समाधान संवाददाता
२०७७ भदौ १६ गते ११:४३

समाधान संवादाता, पाेखरा
गण्डकी प्रदेशभर थप ३९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ जिल्लाका ३९ जनामा पोजेटिभ देखिएको हो ।
यी मध्ये १ जना १४ दिनका नाबालक छन् । उनी लमजुङ नै छन् ।
मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा लमजुङमा १४ दिनका नाबालाकसहित २६ जनाका काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लाे समय लमजुङमा निकै संक्रमित बढेका छन् । त्यहाँ सर्वसाधरणसहित प्रहरी र पत्रकारसमेत संक्रमित भएका छन् ।
मंगलबार विहान ३९ जना थपिएसँगै गण्डकी प्रदेशमा संक्रिमतकाे संख्या २२ सय नाघेकाे छ । कोरोना पुष्टि हुनेमा लमजुङका २६ सहित नवलपुरका १०, कास्कीका २ र बागलुङका १ जना छन् ।
कहाँ कहाँ कति संक्रमित थपिए

सम्बन्धित
तपाईको प्रतिक्रिया