संक्रमित १४ दिने नाबालकः जुन काेराेनाले आमाकाे काख खाेस्याे, उसैले आमासँगै पठायाे

समाधान संवाददाता, पाेखरा ।
लमजुङकाे बेसिशहर अस्पतालमा १४ दिन अघि सुरक्षित सुत्केरी बन्न भर्ना भएकी महिलाले छाेरा जन्माईन । तर त्याे नवजात शिशुले आमाकाे दुख चुस्न मात्रै हाेइन, आमाकाे काखमा सुत्न पनि पाएन । सुत्केरी आमा अस्पतालकाे शैय्यामा नवजात छाेराे सम्झेर छटपटाई रहदा भर्खरै जन्मेकाे बच्चाे, बाबा र आफन्तकाे काखमा रुन बाध्य थियाे ।
याे सबै यही काेराेनाकै महामारीले भएकाे हाे । ‘सुरक्षित रुपमा बच्चा जन्माउन अस्पताल पुगेकी उनलाई काेराेना संक्रमण पुष्टि भयाे । त्यसपछि त आमा छाेरासँगै राख्ने कुरै भएन,’ लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले समाधानसँग भने ।
जुन दिन आमामा काेराेनाकेा पुष्टि भयाे, त्यसैदिन देखि बच्चालाई आमादेखि टाढै राखियाे ।
‘आमालाई कोरोना संक्रमण पुष्टी भएपछि बच्चालाईसंगै राख्ने कुरै भएन, त्यसैले बच्चा बाबुको जिम्मा लगाइएको थियो ।’ सहायक प्रजिअ शाहीले भने, ‘त्यसैदिन देखि बच्चाले आमाको काख गुमाए, दुध चुस्न पाएनन्।’
आमालाई कोरोना पुष्टीभएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा सुत्केरीको श्रीमान र नवजात बच्चाको पनि स्वाब संकलन गरेर परिक्षणका लागि पोखरा ल्याइएको थियो । मंगलबार विहान दुवै जनामा काेराेना संक्रमण पुष्टी भएको छ ।
अब भने स्थानीय प्रशासनले नवजात शिशुलाई आमा कै जिम्मा लगाउने निर्णय गरेको छ । ‘सुत्केरी, उनको बच्चा र श्रीमान तीनै जनालाई बेसिशहर अस्पतालको एउटै कोठामा राख्ने व्यवस्था मिलाएका छौं,’ शाहीले समाधानसँग भने, ‘यसो हुँदा नवजात शिशु र सुत्केरीकाे पनि स्याहार हुन्छ ।’
शिशु र उनका बाबुमा कोराना संक्रमण पुष्टि भएपनि लक्षण भने छैन ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया