२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पोखराबाट भूपू सैनिक पक्राउ

समाधान संवाददाता २०७७ भदौ १६ गते १८:१८

समाधान संवाददाता, पोखरा

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पोखराबाट १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा १० अन्नपूर्णटोलका ५५ वर्षीय हरिबहादुर गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

भदौ १२ गते राति साढे ८ बजे डर, धाकधम्की देखाई ति महिलालाई बलात्कार गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको हमालले बताए ।

गुरुङ भूतपूर्व भारतीय सैनिक भएको खुलेको छ ।

Advertisement

घटनाको ३ दिनपछि उनलाई कास्की प्रहरीले पोखरा १० बाट पक्राउ गरेको हो ।

गुरुङविरुद्ध करणीसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया