महिलाकाे मृत्युबारे छिटो अनुसन्धान गर्न गाउँलेको दबाब

एसके थकाली
जोमसोम
बारागुङ मुत्तिक्षेत्र गाउँपालिका—१ मुक्तिनाथमा गत साउन २४ गते मृत अवस्थामा फेला परेको एक ८२ वर्षीया महिला शवबारे अनुसन्धान छिटो गर्न माग राख्दै मंगलबार जिल्ला प्रहरी कार्यालय समक्ष स्थानीयले ध्यानार्कषण गराएका छन् ।
प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी समक्ष घटनाको चाँडो भन्दा चाँडो सत्यतथ्य छानबिन गर्न वारागुङ मुक्तिक्षेत्र—१ अन्र्तगत मुक्तिनाथ, झारकोट र खिङ्गा गाउँका स्थानीयले ध्यानार्कषण गराएको मुक्तिनाथका स्थानीय समाजसेवी छिरिङधावा गुरुङले जानकारी दिए ।
उनले घटना घटेको २२ औं दिन पूरा भइसकेको र आफूहरु अझै अन्योलमा रहेकाले वास्तविकता थाहा पाउन प्रहरी कार्यालयमा गाउँले उपस्थित भएको बताए ।
वृद्धा भुटिक गुरुङ आफै मरेको वा मारिएको भन्नेबारे सत्यतथ्या बाहिर ल्याउन स्थानीयले माग गरेका हुन् । ती महिला साउन २१ गते यार्तुङ पर्वको पहिलो दिनपछि गाउँमा देखिएकी थिइनन् । स्थानीयले प्रहरी समक्ष बताए अनुसार मृत भेटिएकी वृद्धको साथका केही धनमाल हराएकाले उनको हत्या भएको शंका गरेका छन् ।
प्रहरी नायब उपरीक्षक भण्डारीले घटनाको सत्यतथ्य अनुसन्धान भइरहेको स्थानीय समक्ष जानकारी दिए । घटनाको पुरै टुंगोमा नपुगे पनि सत्यतथ्य बुझ्ने काम भइरहेको उनले बताए । उनका अनुसार मृतक वृद्धाको पोस्र्टमार्टम भइसकेको छ । वास्तविकता पत्ता लाग्न भेसेरा रिपोर्ट आउन बाँकी रहेको कार्कीले जनाए । प्रहरी कार्यालयका अनुसार वृद्धाको यसअघि भिसेरा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाइएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया