विद्यार्थीलाई डायमन्डको बधाई र शुभकामना

समाधान संवाददाता २०७७ भदौ १७ गते १०:०५

लेखनाथ

पोखरा महानगरपालिका २७ तालचोकअवस्थित डायमन्ड माध्यमिक विद्यालयले २०७६ सालको एसइई परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

कोभिड १९ का कारण विद्यालयमा उपस्थित हुन नसकेकाले प्रविधिको प्रयोग गरी एसइई उत्तीर्ण हुने विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका व्यक्तित्वका साथै शिक्षकहरुको उपस्थितिमा जुम एपको प्रयोग गरी बधाई तथा शुभकामना कार्यक्रम गरिएको थियो ।

Advertisement

पोखरा महानगरपालिका शिक्षा महाशाखा शाखा अधिकृत विश्वराज आचार्यले विषम परिस्थितिमा अनलाइनमार्फत प्रभावकारी ढंगले शिक्षण सिकाइ प्रकियालाई अगाडि बढाएकोमा खुसी व्यक्त गरे ।

विद्यालयका निर्देशक माधवशरण उपाध्यायले उत्तीर्णलाई नतिजा तयार पार्दाको विधि र प्रक्रिया, विद्यार्थीका लागि अबको विकल्प, विद्यालय संरचना र पाठ्यक्रममा आएको परिर्वतनसँगै डायमन्ड माविमा उपलब्ध विषय तथा सुविधाबारे जानकारी दिए । आफूमा भएका असीमित ऊर्जाको प्रयोग गर्दै आफ्नो विशिष्ट क्षमतालाई व्यवहारमा ल्याउन ज्ञानसँगै निरन्तर अध्ययन र अभ्यासलाई अगाडि बढाउनुपर्ने खाँचो उनले औंल्याए ।

Advertisement

विद्यालयका प्रिन्सिपल यमबहादुर रोकाले विषम परिस्थितिमा विद्यालयले पाएको जिम्मेवारीलाई निर्धारित प्रक्रियाअनुसार विश्वसनीय ढंगले निर्वाह गरेको बताए । रोकाले यस वर्षदेखि ११ र १२ कक्षामा विषय थप गरिएको जानकारी दिए ।

विद्यालयको प्लस टु संयोजक शिवप्रसाद लामिछानेले डायमन्ड मध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा पढाइ हुने विषय, भौतिक सुविधा र विगतको उत्कृष्ट नतिजाको जानकारी गराए । कक्षा ११ का लागि अनलाइनमार्फत फाराम भर्न सकिने, भदौ २३ देखि भर्ना सुरु हुने र असोजको पहिलो हप्तादेखि अनलाइनमार्फत कक्षा सञ्चालन गरिने जानकारी उनले दिए ।

अभिभावकको तर्फ बाट आफ्नो भनाई राखेका अभिभावक ऋषिराम जमरकट्टेलले भर्चुअल कक्षाबाट लाभ लिएका र सो कक्षा प्रभावकारी रहेको बताए । विद्यार्थीहरु सौरभ खत्री, सौरभ सुवेदी, स्नेहा श्रेष्ठ र निश्चा शर्माले अबको शिक्षा पनि डायमन्डमा नै निरन्तरता दिने योजना सुनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल यामबहादुर रोकाले राखे । कार्यक्रममा धन्यवाद मन्तव्य विद्यालयका व्यवस्थापक हरिप्रसाद लामिछानेले व्यक्त गरे । कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक विभाग प्रमुख सञ्जीव थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया