अवैध बन्दुक राख्ने २६ वर्षे सुरेश थुनामा

एसके थकाली, जोमसोम—
हातहतियार तथा खरखजाना कसुरको आरोपमा साउन १८ गते पक्राउ परेका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ७ का २६ वर्षीय सुरेश लामालाई जिल्ला अदालत मुस्ताङले पूर्पक्षका लागि जिल्ला कारागार चलानको आदेश गरेको छ ।
पक्राउ परेका लामामाथि प्रहरी अनुसन्धान पूरा गरी भदौ ९ गते जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत मुस्ताङमा मुद्दा भएको हो । जिल्ला अदालत मुस्ताङले भदौ ११ गते लामाको हातहतियार तथा खरखजना सम्वन्धी मुद्दामा थुनछेक बहसपछि थुनामा पठाउने आदेश गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका निज लामाले घरपझोङ—३ जोमसोममा होटल व्यवासाय गरेका थिए । निजको होटलमा आफू सुत्ने कोठामा काठको दराजमाथि प्लाष्टिकले बेरी राखेको अवस्थामा हतियारसहित उनी पक्राउ परेको प्रहरी प्रवक्ता आशिष अधिकारीले जानकारी दिए । लामाको कोठाबाट १२ बोरको एकनाले बन्दुक भेटिएको थियो ।








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया