जबरजस्ती बालिका करणीको आरोपमा युवा पक्राउ

समाधान संवाददाता २०७७ भदौ १७ गते १०:५०


एसके थकाली
जोमसोम

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका—१ मा एक १५ वर्षीया बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा प्रहरीले १ युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार रुकुम जिल्ला पुठा उत्तरगंगा गाउपालिका—१ विरगुम घर भई हाल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका—१ का २७ वर्षे टेकप्रसाद सुनारलाई बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

Advertisement

बालिकालाई ललाइ फुकाई करणी गरेको पीडित पक्षको जाहेरी दरखास्तपछि प्रहरीले गत साउन ९ गते युवालाई पक्राउ गरी अनुसन्धानकार्य अघि बढाएको सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

बालिका करणी घटनाका पीडित र पीडक पक्ष दुबै जिल्ला बाहिरका मजदुर भएको बुझिएको छ । उनीहरु दैनिक ज्याला मजदुरी गर्ने सिलसिलामा मुस्ताङ आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया