बाग्लुङमा चट्याङ परेर एकको मृत्य

समाधान संवाददाता २०७७ भदौ १७ गते १५:२९

गलकाेट

बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Advertisement

घर नजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा मङ्गलबार साँझ अविरल वर्षासँगै परेको चट्याङले लागेर बेहोस भई लडिरेहेका अवस्थामा स्थानीयले उद्धार गरी घरमा राखिरहेको अवस्थामा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । रासस

Advertisement

तपाईको प्रतिक्रिया