काठमाडाै‌ंमा १ साता थपियाे निषेधाज्ञा

समाधान संवाददाता २०७७ भदौ १७ गते १६:२४

काठमाडाैं

काठमाडाैं उपत्यकामा १ साताका लागि निषेधाज्ञा थप गरिएकाे छ ।

बुधबार बसेको ३ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र रोकारवालाबीचको बैठकले निषेधाज्ञा १ हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

Advertisement

अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको उनले जनाए । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने बस्नेतले बताएका छन् ।

उपत्यकामा भदाै ३ गते रातिदेखि लागु भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्मका लागि थप गरिएकाे थियो ।

Advertisement

तपाईको प्रतिक्रिया