तनहुँकी २० वर्षीया युवतीको कोरोनाबाट मृत्यु, गण्डकीमा मृतक १५ पुगे
समाधान संवाददाता
२०७७ भदौ १७ गते १७:३०

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । तनहुँको व्यास नगरपालिका २ की २० वर्षीया युवतीको मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको हो ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । मृगौलामा समस्या भई डायालाइसिस गराउन ललितपुरको अल्का अस्पताल पुगेकी उनमा मंगलबार कोरोना पुष्टि भएको थियो । कास्कीका ४, गोरखाका ३, स्याङ्जा, तनहुँ र लमजुङ २/२, म्याग्दी र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ।
गण्डकीमा कोरोना संक्रमितको संख्या २२ सय ६४ पुगेको छ । तीमध्ये १७ सय १२ संक्रमित निको भएका छन्।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया