लमजुङ र बागलुङमा थपिए ८ संक्रमित

समाधान संवाददाता २०७७ भदौ १७ गते १८:२०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । लमजुङका ७ र बागलुङका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ७३ पुगेको छ । तीमध्ये १७ सय १२ जना निको भएका छन् भने १५ संक्रमितको मृत्यु भएको छ । कास्कीका ४, गोरखाका ३, स्याङ्जा, तनहुँ र लमजुङ २/२, म्याग्दी र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ।

Advertisement

तपाईको प्रतिक्रिया