युनाइटेड क्लबले गर्यो ३५ युनिट रगत संकलन

समाधान संवाददाता
पोखरा
युनाइटेड क्लब पोखराले बुधबार गरेको आकस्मिक कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।
क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको थियो । तर यो पटक पोखरामा पनि रगतको अभाव भएकाले आकस्मिक रक्तदान गरेको क्लबका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रम संयोजक जयराम आचार्यले जानकारी दिए ।
पहिलो रक्तदाता डाक्टर आशिष श्रेष्ठलाई क्लब अध्यक्ष लालकाजी गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको क्लवका महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।
स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेतीनदी संरक्षण, दैवीप्रकोपमा परेकालाई सहयोग गर्दै आएको क्लबले पोखरामा रगतको अभाव भएको थाहा पाएपछि सदस्यहरुलाई आह्वान गरी आकस्मिक कार्यक्रम राखेको अध्यक्ष लालकाजी गुरुङले बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया