युनाइटेड क्लबले गर्यो ३५ युनिट रगत संकलन

समाधान संवाददाता
पोखरा
युनाइटेड क्लब पोखराले बुधबार गरेको आकस्मिक कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।
क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको थियो । तर यो पटक पोखरामा पनि रगतको अभाव भएकाले आकस्मिक रक्तदान गरेको क्लबका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रम संयोजक जयराम आचार्यले जानकारी दिए ।
पहिलो रक्तदाता डाक्टर आशिष श्रेष्ठलाई क्लब अध्यक्ष लालकाजी गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको क्लवका महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।
स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेतीनदी संरक्षण, दैवीप्रकोपमा परेकालाई सहयोग गर्दै आएको क्लबले पोखरामा रगतको अभाव भएको थाहा पाएपछि सदस्यहरुलाई आह्वान गरी आकस्मिक कार्यक्रम राखेको अध्यक्ष लालकाजी गुरुङले बताए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया