करेन्ट लागेर २ को मृत्यु
समाधान संवाददाता
२०७७ भदौ १८ गते ७:१०
पोखरा
म्याग्दी र नवलपुरमा बुधबार अलग घटनामा करेन्ट लागेर २ जनको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकी पोखराका अनुसार बुधबार बिहान म्याग्दीके बेनी नगरपालिका ९ काउलेकी २६ वर्षे शिवा चोखालको मृत्यु भएको हो ।
बिहान पौने ८ बजेतिर घर नजिकै फूल टिप्ने क्रममा विद्युत लाइन लिक भई करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उनका उपचारका क्रममा पौने ९ बजेतिर बेनी अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी नवलपुरको कावासोतीस्थित कमलप्रसाद पौडेलको घरमा जस्ता पाता लगाउने क्रममा स्थानीय लक्ष्मीप्रसाद महतोको मृत्यु भएको छ ।
जस्तापाताले बिजुलीको नांगो तारमा छुँदा करेन्ट लागेर महते घाइते भएका थिए । उनको नवलपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया