अवैध भरुवा बन्दुकसहित स्याङ्जाका अमितसिंह पक्राउ
समाधान संवाददाता
२०७७ भदौ १८ गते ७:१५

पोखरा
स्याङ्जाको पुतलीबजार नगरपालिका-८ बाहकोटका ३३ वर्षे अमितसिंह ठकुरी अवैध हतियारसहित पक्राउ परेका छन् ।
घरमा हातहतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई हतियारसहित घरबाटै पक्राउ गरेको हो ।
उनले कोठामा लुकाई छिपाई राखेको अवैध भरुवा बन्दुक प्रहरीले वरामद गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया