भुजीखोला पहिरोमा ८ जनाको मृत्यु, १३ बेपत्ता

समाधान संवाददाता २०७७ भदौ १८ गते १०:३१


Advertisement

समाधान संवाददाता, पाेखरा

बागलुङको ढोरपाटन नगरपालिका-९ भुजीखोला भुसुण्डे आसपासमा बुधबार राति गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दुनेपोखरा, लाकुरीबोट लगायत ठाउँमा राति १ बजेतिर बाढीसहित पहरो गएको थियो ।

पहिरोले भुसुण्डेमा पार्कीङ गरी राखेको ग१ज ४१२५ नम्बरको पिकअप जिप समेत बगाएको छ । उक्त पहिरोले के कती मानविय, चौपाय तथा भौतिक क्षती बनाएको भन्ने तत्काल खुल्न सकेको छैन ।

प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसरा हालसम्म उक्त बाढी तथा पहिरोमा परी निम्न व्यक्तिहरुको शव फेला परेको तथा निम्न व्यक्तिहरु हालसम्म पनि बेपत्ता छन् ।

Advertisement

प्रहरीको विज्ञप्ति जस्ताको तस्तै

प्रहरीले हालसम्म फेला पारेको शवहरू:-

१.जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने वर्ष २६ कि केशमाया बिक घर नजिकै खोला किनारमा मृत अवस्थामा फेला ।

२. ऐ.३ झर्नेबगर स्थित खोलाको किनारमा बगाई ल्याएको अन्दाजी ३०।३२ वर्षको पुरुष

३. ऐ. ढोरपाटन नगरपालिका-०५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा वर्ष अन्दाजी ३०।३५ को पुरूष ।

४. ऐ.बडिगार्ड गाउँपालिका-५ बालुवा स्थित वर्ष अन्दाजी २०।२२ को पुरूष

५. ऐ.बडिगार्ड गाउँपालिका- ७ खोप्चेमा वर्ष अन्दाजी १२।१३ को पुरूष

६. ढोरपाटन नगरपालिका-३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ वर्षको पुरुष

७. ढोरपाटन नगरपालिका-२ चुरेलाबासमा वर्ष २०।२२ महिला ।

८. ढोरपाटन नगरपालिका-५ पेङखोलामा वर्ष अन्दाजी १२/१५ की बालिका मृत अवस्थामा फेला ।

फेला परेका शवहरु मध्ये ०७ जनाको हालसम्म सनाखत हुन सकेको छैन ।

घाईतेहरू:-

१) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका-४ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन, अवस्था सिरियस ।

२) ऐ.बस्ने वर्ष २८ की सरीता घर्ती, अवस्था मध्यम ।

३) ऐ.बस्ने वर्ष ४२ को धर्मेन्द्र पुन, अवस्था मध्यम ।

४) ऐ.बस्ने वर्ष ५४ की बेलमती पुन, अवस्था सामान्य ।

हाल सम्म बेपत्ता भएका मानिसहरुको विवरण:-

१. ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष ३५ कि कौशला पुन ।

२. निजको छोरा वर्ष ६ को हिक्मत पुन ।

३. ढोरपाटन नगरपालिका-९ बस्ने वर्ष ३५ को जीत बहादुर घर्ती ।

४. ऐ.बस्ने वर्ष ४० को राजु घर्ती ।

५.ऐ. बस्ने वर्ष २८।३० की कुमारी बि.क. ।

६.ऐ.बस्ने वर्ष १९ की पुतली बि.क.।

७.ऐ.बस्ने वर्ष ३२ की कर्मती घर्ती मगर ।

८.ऐ.बस्ने वर्ष ३५ की रीना घर्ती मगर ।

९.ऐ.बस्ने वर्ष ३५ की दिलमाया घर्ती मगर ।

१०.ऐ.बस्ने निजको छोरा वर्ष ६ को नाम नखुलेको ।

११.ऐ.बस्ने वर्ष ५५ कि डोटी पुन ।

१२.ऐ.बस्ने वर्ष ५२ कि टुलमती पुन ।

१३.ऐ. गलकोट नगरपालिका-४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नविन भण्डारी (निज सङ्ग २ वटा मोटरसाईकलमा अन्य ३ जना गरी ४ जना गएकोमा दुवै मोटरसाईकल बगाएको ३ जना मानिस सकुशल रहेको)

साथै ढोरपाटन नगरपालिका-९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानीय १३ वटा घर पूर्णरूपमा बगाएर क्षति भएको छ ।

उक्त स्थानमा उद्दार तथा खोजी कार्यका लागि बाग्लुङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रमुख, लगायत अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि साथै ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको टोली खटिई गएको छ । घटनाका विषयमा थप अनुसन्धान तथा उद्दार कार्य पनि भइरहेको छ ।

तपाईको प्रतिक्रिया