नेपाली क्रिकेटकाे प्रमुख प्रशिक्षक खाेज्दै क्यान

समाधान संवाददाता २०७७ भदौ १८ गते १४:०४

समाधान संवाददाता

नेपाल क्रिकेट संघ-क्यान नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षककाे खाेजीमा छ । यसका लािग क्यानले इच्छुक र दक्ष उम्मेदवारबाट आवेदन माग गरेको छ।

नेपाली टाेलीकाे प्रमुख प्रशिक्षककाे याेग्यता इंग्ल्याण्ड क्रिकेट बोर्ड वा अस्ट्रेलियन क्रिकेट बोर्डबाट कोचिङ लेबल-३ कोर्स पास गरेको हुनुपर्नेछ ।

Advertisement

यसका अलावामा आईसिसीको पूर्ण सदस्य, प्रथम श्रेणी टोली, आईसिसी एसोसिएट राष्ट्रिय टोली वा अन्तर्राष्ट्रिय लिगमा कम्तीमा तीन वर्ष प्रशिक्षक भएर काम गरेकाले आवदेश दिन सक्ने क्राइटेरिया ताेकिएकाे छ ।

आवेदकको उमेर ६० वर्ष ननाघेको पुरुष हुनुपर्ने छ। क्यानले महाप्रबन्धक, चिफ फाइनान्स अफिसर, क्रिकेट म्यानेजर र सातवटै प्रदेशका लागि प्रशिक्षकका लागि पनि आवेदन आह्वान गरेको छ।आवेदन सेप्टेम्बर २३ सम्ममा दिनुपर्ने छ।

Advertisement

तपाईको प्रतिक्रिया