बागलुङको बाढीपहिरो घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

गलकाेट ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक वक्तव्यमा जारी गरी ढोरपाटन नगरपालिकाको भुजी खोलामा बुधबार राति आएको बढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
“सङ्कटको यस घडीमा खोजी, उद्धार तथा उपचारमा खट्नेप्रति धन्यवाद व्यक्त गर्दछु”, उहाँले वक्तव्यमा भन्नुभएको छ, “बाढी पहिरोमा परी बेपत्ताको खोजी कार्य, प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको ध्यानार्कषण गराउँदै प्रदेश सरकारले आवश्यक सहयोग प्रदान गर्नेछ ।”
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा हालसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । यस्तै बाढीमा बेपत्ता हुनेको सङ्ख्या ४१ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दश जनाको शव क्षत्विक्षतरुपमा फेला परेका कारण पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ । रासस ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया