थप १२२८ जनामा कोरोना, ६ को मृत्यु

समाधान संवाददाता २०७७ भदौ १८ गते १६:५८

समाधान संवाददाता, पाेखरा

नेपालमा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४२ हजार ८७७ जना पुगेको छ।

देशभर ७ हजार ७ सय ४२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २४ हजार २ सय ७ उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Advertisement

५ वटा जिल्लाका ४ महिला र २ पुरुष गरी ६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए। चितवनमा ४०, भक्तपुरमा ४०, तनहुँमा ९२ वर्षीया महिला र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया