काेराेना संक्रमितमाथि अत्याचारः सार्वजनिक बाटोमा बार हाल्ने छिमेकी !

समाधान संवाददाता २०७७ भदौ १८ गते १७:३९

मीलन ढकाल

कोरोना पुष्टि भएका व्यक्ति र उनीहरुको परिवारमाथि हुने दूव्र्यवहारका बारेमा सामाजिक सञ्जाल र मिडियामा देखे सुनेको थिएँ । अनि लाग्थ्यो किन त्यस्तो व्यहावहार गरिन्छ होला उनीहरुप्रति भनेर ।

कुरा भदौ १८ गते बिहानको हो । बिहान ८ बजेतिर आमाका लागि औषधी लिएर मेडिकल पसलबाट फर्कँदै थिएँ । मेरो घर नजिकैका एक छिमेकीलाई कोरोना पुष्टि भएर उहाँको परिवार होम क्वारेन्टाइनमा बसेको मैले थाहा पाएको थिएँ । ३ दिनअघि परिवारको १ जनामा कोरोना पुष्टि भएर उहाँ आइसोलेसनमा गएपछि परिवार होम क्वारेन्टाइनमा बसेको हो ।

Advertisement

औषधी पसलबाट फर्कंदै गर्दा उहाँको घरनेर बाँसको तगारो लगाएर छेकेको देखें । हुन त २ दिन पहिला त्यहि बाटोबाट फर्कने क्रममा डोरी लगाएर बाटो छेकेको मैले नै देखेको थिएँ । डोरी हटाएर मैले गाडी अगाडि बढाएँ ।


त्यो अवोध दूधे बालकका लागि दूधको व्यवस्था गर्नुपर्ने छिमेकी आज सार्वजनिक बाटोमा बार राख्दै हिँडने कस्तो संस्कारमा हुर्केका छौं ?

Advertisement

अहिले भने कोरोना प्रभावितको घर नजिकै बार लगाइएको रहेछ । मलाई खसखस लाग्यो । प्रभावित छिमेकीसँग केही जिज्ञाशा राख्ने मन लाग्यो मलाई । बाँसको तगारोसहित डोरीको बार हटाएर मैले उहाँहरुसँग सोधें– यो बार के का लागि कसले राखेको हो भनेर ।

छिमेकीले बाटाेमा राखेकाे तगाराे

छिमेकीले भन्नुभयो – भाइ हाम्रो परिवारका १ जनामा कोराना लागेको छ । हामी अहिले होम क्वारेन्टाइनमा छौं । अरुलाई पनि सर्न सक्छ भनेर वरिपरिका केही व्यक्तिले बार्नु भएको हो । हामी पनि सतर्क छौं अरुलाई सर्छ कि भन्ने कुरामा । जो व्यक्तिमा कोरोना पोजेटिभ देखियो उहाँ आइसोलेसनमा गइसक्नु भयो । उहाँसँगै काम गर्ने साथीमा कोरोना पोजेटिभ देखिएपछि उहाँ सुरुको ५ दिन होम क्वारेन्टाइनमै बस्नुभएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उहाँ आइसोलेसनमा जानुभयो । त्यसपछि हामी घर परिवारका सदस्य पनि होम क्वारेन्टाइनमा नै छौं । यस्तो व्यवहारले गर्दा हामीलाई अत्यधिक दुखित बनाएको छ । यो समाज छाडेर अन्यत्रै जाउँ जस्तो भाको छ ।

उहाँको दुख सुनेपछि मन भारी भएर आयो । मैले दिदी हजुरहरुलाई केही समस्या छ कि ? भनेर सोधेको सानो बच्चाका लागि १ पोका दूध ल्याइदिनु न भाइ भन्नुभयो । मलाईं झन् झन् यो बच्चाको मायाले पोल्न पो थाल्यो ।

त्यो अवोध दूधे बालकका लागि दूधको व्यवस्था गर्नुपर्ने छिमेकी आज सार्वजनिक बाटोमा बार राख्दै हिँडने कस्तो संस्कारमा हुर्केका छौं ? हाम्रो समाज कता जाँदै छ ? हामी किन यस्तो गरिरहेको छौं ? जानेर गरेका छौ कि नजानी गरेका छौं ?

यो बहसको पाटो होला । तर आज हामीले १ असल छिमेकीको आभास गराउन सकेनौं, यो समयमा हामीले उहाँहरुको केही समस्या भए समाधान पो गर्ने हो । यो विपतका बेला किन यति पनि सोच्न सकिरहेका छैनौं ? के यो विपत्ति ती बार लगाउने छिमेकीमा आउँदैन भन्ने ग्यारेन्टी छ र ? कसैलाई यो महामारीले छुन नसकोस् मेरो कामना छ ।

त्यसपछि उहाँलाई मेरा सम्पर्क नम्बर टिपाएर हजुरहरु यसरी एकान्त वासमा बस्ने बेलासम्म केही चाहिएमा मलाई सम्पर्क गर्नु होला भनी दूध उहाँको घरमा ल्याइदिएँ । हामी सबैको कामना छ पोजेटिभ देखिएका छिमेकीलाई चाँडै निको होस । होम क्वारेन्टाइनमा बस्नु भएका छिमेकी परिवारको पिसिआर टेस्ट गर्दा नेगेटिभ देखियोस् सतत् कामना गर्दछु ।

तपाईको प्रतिक्रिया