करेन्ट लागेर मृत्यु
समाधान संवाददाता
२०७७ भदौ १८ गते १८:०५
परासी
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–१ रुपौलियामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।
रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही स्थानका ५२ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि चिसापानी अस्पताल बर्दघाट ल्याउने क्रममा बाटामै मृत्यु भएको वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया