बागलुङ बाढी अपडेटः मृतकको संख्या १४ पुग्यो, ३९ बेपत्ता, हेर्नुहोस् पूर्ण विवरण

समाधान संवाददाता २०७७ भदौ १८ गते १८:१३

समाधान संवाददाता, पोखरा

Advertisement

बागलुङको ढोरपाटन नगरपालिका ९ भुजीखोला भुसुण्डे आसपासमा बिहीबार बिहान गएको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार मृतकमध्ये २ जनाको मात्रै सनाखत भएको छ । अझै ३९ जना बेपत्ता छन् ।

दुनेपोखरा, लाकुरीबोट लगायत ठाउँमा राति १ बजेतिर बाढीसहित पहरो गएको थियो । पहिरोले भुसुण्डेमा पार्कीङ गरी राखेको ग १ ज ४१२५ नम्बरको पिकअप जिप समेत बगाएको छ ।

बाढीले ३१ घर पूर्ण रुपमा क्षति भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । हालसम्म उक्त बाढी तथा पहिरोमा परी निम्न व्यक्तिहरुको शव फेला परेको तथा निम्न व्यक्तिहरु हालसम्म पनि बेपत्ता छन् ।

बाढीका कारण लाकुरीबोट, सुकुरदुङ, दुनेपँधेरा, घट्टबोट, भुसुन्डेलगायतका ठाउँमा क्षति पुगेको छ । सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, साविक बोबाङमा रहेका ३ वटा जलविघुत आयोजना र ३ वटा झोलुङ्गे पुलसमेत बगाएको छ ।

Advertisement

हालसम्म भेटिएका शव

१. ढोरपाटन नगरपालिका ३ भुजिखोला किनारमा अन्दाजी ३२ बर्षको पुरुष व्यक्ति, कम्मर भन्दा माथिको भाग मात्र, सनाखत नभएको

२. ढोरपाटन नगरपालिका ५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा बर्ष अन्दाजी ३०/३५ को पुरूष

३. बडिगार्ड गाउँपालिका ५ बालुवा स्थितमा वर्ष अन्दाजी ४० को महिलाको

४. बडिगार्ड गाउँपालिका ५ बालुवा स्थितमा महिलाको बाया खुट्टा मात्र फेला

५. बडिगार्ड गाउँपालिका ७ खोप्चेमा बर्ष अन्दाजी १२।१३ को पुरूष व्याक्तिको शव

६. ढोरपाटन नगरपालिका २ चुरेलाबासमा बर्ष २०/२२ को महिलाको शव

७. ढोरपाटन नगरपालिका ५ पेङखोला स्थितमा वर्ष अन्दाजी १२/१५ की बालिका मृत अबस्थामा फेला

८. जिल्ला गुल्मी मुसिकोट नगरपालिका ५ झक्कले स्थित बडिगार्ड खोलाको बिच बगरमा बर्ष ४० को महिलाको शव फेला

९. मुसिकोट नगरपालिका २ मा अन्दाजी २६ कि महिला टाउको र दाहिने हात नभएको अवस्थामा फेला

१०. जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने बर्ष २६ कि केशमाया बिक घर नजिकै खोला किनारमा मृत अवस्थामा फेला (सनाखत भएको)

११. ढोरपाटन नगरपालिका १ बुर्तीबाङस्थित बडिगाड खोलाको किनारमा वर्ष १२/१३ को बालकको शव फेला

१२. जिल्ला गुल्मि चन्द्रकोट गाउँपालिका ८ तिनसिमल स्थित बडिगाडखोलाको किनारमा ढुङगाले च्यापि टाऊको फुटेको अवस्थामा अन्दाजी वर्ष २ को बालक मृत फेला

१३. बाग्लुङ ढोरपाटन नगरपालिका ९ लाकुरीबोट बस्ने बर्ष ४५ को कर बहादुर विक (सनाखत भएको )

१४. गुल्मी मुसीकोट नगरपालिका ५ ईन्द्रगौडास्थित बडिगाड खोलाको किनारमा बर्ष ४२ की महिलाको शव फेला

हालसम्म बेपत्ता भएका मानिसहरुको नामावली

१. ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने बर्ष २२ का जीवन विक

२. ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष २४ को नारायण विक

३. ढोरपाटन नगरपालिका ९ बस्ने निजको श्रीमती वर्ष २१ कि टेकमाया विक ।

४. निजहरुकै छोरी बर्ष १ की नाम नखुलेकी बालिका

५. ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष १६ कि मनिषा विक

६. ढोरपाटन नगरपालिका ९ घट्टेचौर बस्ने वर्ष २८ कि शनि विक

७. निजको छोरा वर्ष १० को रोशन विक

८. निजको छोरा वर्ष ५ को रवि विक

९. नाम नखुलेको १५ दिनको बच्चा

१०. ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष २६ कि मन कुमारी विक

११. ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष २६ कि केशमाया विक

१२. ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष ३० का प्रेम पुन

१३. ढोरपाटन नगरपालिका ९ बस्ने भुसुन्डे बस्ने बर्ष २०/३० कि कुमारी विक

१४. ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष १५ को समुन्द्र विक

१५. ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष १२ कि पुनम विक

१६. ढोरपाटन नगरपालिका ९बस्ने बर्ष ३१ को जीत बहादुर घर्ती

१७. ढोरपाटन नगरपालिका ९बस्ने बर्ष ४४ को राजु घर्ती

१८. ढोरपाटन नगरपालिका ९ घट्टेबोट बस्ने बर्ष ३६ कि करमती बुढा

१९. ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष ३६ कि रिना कुमारी घर्ती

२०. ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष २२ कि दिलमया पुन

२१. निजको छोरी बर्ष ४ कि प्रकृति पुन

२२. ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष ६१ कि डोटी पुन

२३. ढोरपाटन नगरपालिका ९ सानो कुगु बस्ने बर्ष ३६ को हेम बहादुर बिक

२४. ढोरपाटन नगरपालिका ९ बस्ने श्रीमती बर्ष ३५ कि उजेली बिक

२५. ढोरपाटन नगरपालिका ९ बस्ने छोरा बर्ष ९ को दलु बिक

२६. ढोरपाटन नगरपालिका ९ बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको

२७. ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष ४१ को कर बहादुर बिक

२८. ढोरपाटन नगरपालिका ९ बस्ने श्रीमती बर्ष ३८ कि हस्तमाया बिक

२९. ढोरपाटन नगरपालिका ९ दुनेपधेरा बस्ने बर्ष ६५ कि तुलमती घर्ती

३०. ढोरपाटन नगरपालिका ९ लाकुरी बोट बस्ने बर्ष ५६ कि कौशिला पुन

३१. निजको छोरा बर्ष २१ को विशाल पुन

३२. ढोरपाटन नगरपालिका ९ पावरहाउस बस्ने बर्ष २६ कि धनमाया बिक

३३. निजको छोरा बर्ष ३ को नाम नखूलेको बालक

३४. ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने बर्ष नखुलेको बिरे विकको श्रीमती र २ छोराछोरी सहित ४ जनाको परिवार

३५. जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २५ को नबिन भण्डारी

३६. जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र बर्ष नखुलेका अन्य ३ जना

घाइतेहरू

१. जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ४ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन, अवस्था सिरीयस

२. ढोरपाटन नगरपालिका ४ बस्ने वर्ष २८ की सरीता घर्ती, अवस्था मध्यम

३. ढोरपाटन नगरपालिका ४ बस्ने वर्ष ४२ को धर्मेन्द्र पुन, अवस्था मध्यम

४. ढोरपाटन नगरपालिका ४ बस्ने वर्ष ५४ की बेलमती पुन, अवस्था सामान्य

तपाईको प्रतिक्रिया