अन्तत वामदेवलाई राष्ट्रिय सभामा पठाइने, अर्थमन्त्री धरापमा

समाधान संवाददाता २०७७ भदौ १८ गते १८:३६

समाधान संवाददाता

लामाे वादविवादपछि सत्तारुढ दल नेकपाले सचिवालय सदस्य वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्यमा मनाेनित गर्ने सिफारिस गर्ने भएकाे छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेलीकाे चाहाना अर्थमन्त्री युवराज खतिवडालाई पठाउने भएपनि पार्टी सचिवायले उनकाे चाहाना पुरा हुन दिएन । वामदेवकाे पक्षमा निर्णय भएसंगै अर्थमन्त्री खतिवडाकाे पद धरापमा परेकाे छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारले रिक्त पदमा गौतमलाई पठाउने निष्कर्षमा निकालेको जानकारी दिएका हुन्।

सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानका ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पेश भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

Advertisement

प्रतिवेदनअनुसार सरकार र पार्टीका अघि बढाउन कार्ययोजना बनाएर अध्यक्षद्वयले बैठकमा पेश गर्ने जिम्मेवारी दिएको छ। प्रवक्ता श्रेष्ठले अब नेकपा महाधिवेशमा केन्द्रित हुने जानकारी दिए।

त्यस्तै बैठकले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोबाट प्रभावितहरुको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकार र पार्टीका कार्यकर्तालाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया