शिशुवा अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट शिशुकाे जन्म

समाधान संवाददाता
पोखरा
शिशुवा अस्पताल लेखनाथमा बिहीबार पहिलो पटक शल्यक्रियामार्फत् प्रसूति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसूति रोग विशेषज्ञ डा. रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले सफल सल्यक्रिया गरेको हो ।
बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भइ शिशुवामै बस्दै आएकी १ महिलाको सफल शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रतिभा कोइरालाले जानकारी दिइन् ।
अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकोमा अबदेखि शल्यक्रियामार्फत पनि प्रसूति सेवा सुरु भएको कोइरालाले बताइन् । लेखनाथ क्षेत्रबाट अब शल्यक्रियामार्फत् प्रसूति गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको बताउँदै मेसु कोइरालाले अस्पतालका सेवाहरुलाई थप सुधार गरिँदै लगिने समेत बताइन् ।
तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसूति सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको उल्लेख गर्दै, मेसु कोइरालाले त्यसमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङबाट थप सहयोग र हौसला प्रदान भएको बताइन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया