सयपत्रीका सेयर सदस्यको कोरोना बिमा

पोखरा
सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई १ लाख बराबरको कोरोना बिमा गराएको छ । सहकारीमा बिहीबार सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता भएको हो । सहकारीले आफ्ना सेयर सदस्यको हितमा बिमा गरिएको सहकारीले जनाएको छ ।
पोखरा ११ रानीपौवास्थित आफ्नै कार्यालय परिसरमा भएको सम्झौतामा सहकारीका सेयर सदस्यलाई १ लाख रुपैयाँ बराबरको नगद प्राप्त हुने गरी कोरोना बिमा गरिएको सहकारीका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।
सहकारीका सबै सेयर सदस्यलाई कोरोना भाइरसको आतंक हटाउन कोरोना बिमाले फाइदा पुग्ने सहकारीका कार्यवहाक अध्यक्ष भीमप्रसाद न्यौपानेले जानकारी दिए । आर्थिक रुपमा सक्षम सयपत्री सहकारीले सामाजिक उत्तरदायित्वका कार्यले पोखरा क्षेत्रलाई उत्साहित बनाउँदै आएको सहकारीका संस्थापक अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले उल्लेख गरे ।
बिमा हस्तान्तरण कार्यक्रममा कोरोना रोग लागेको सम्वन्धित निकायले पुष्टि गरेको अवस्थामा दावी भुक्तानी दिने छ । सहकारीका कुनै सदस्यलाई कोरोना प्रमाणित भएको अवस्थामा इन्स्योरेन्स कम्पनीले १ लाख नगद भुक्तानी गर्ने सगरमाथा इन्स्योरेन्स पोखरा शाखा प्रवन्धक कविराज पौडेलले बताए ।
सहकारीले १ अर्व १५ करोड निक्षेप, १ अर्ब १३ करोड कर्जा लगानी र २४ करोड तरलता रहेको संस्थाका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले जानकारी दिए । १२ करोड ३८ लाख सेयर पुँजी रहको सहकारीको ८ करोड २ लाख जगेडा तथा अन्य कोष रहेको सहकारीले जनाएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया