प्रमुख सचिव नेपाललाई लेउवा संघको स्वागत

समाधान संवाददाता २०७७ भदौ १९ गते ६:५६

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले राज्य सञ्चालनका लागि आर्थिक क्रियाकलासँग भाग्ने होइन विषम परिस्थितिको सामना गर्दै लड्न अनुरोध गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघले बिहीबार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनी बोल्दै थिए । विश्वव्यापी रुपमा फौलिएको कोरोना भाइरसका कारण कुनै पनि क्षेत्र अछुतो नरहेको अवस्थामा आम जनतामा सुशासनको प्रत्याभूति हुने गरी प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ थियो । आगामी दिनमा पनि सरकारी निकाय अझ बढी जिम्मेवारी भएर अगाडि बढ्ने प्रतिबद्धिता उनले जनाए ।

Advertisement

राज्य व्यवस्था सञ्चालनमा सबैजना जिम्मेवार भएर सही सुझाव र सकारात्मक सन्देश अपेक्षा गरिएको उनले बताए । प्रमुख सचिव नेपालले गण्डकी प्रदेशको विकास पर्यटन क्षेत्रबाट मात्र सम्भव भएकाले सोही अनुसारका भौतिक संरचनादेखि प्राकृतिक स्रोत र साधनको संरक्षणमा योगदान गर्न आग्रह गरे ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले आम व्यवसायीले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएका थिए । संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्ष सुमन भट्टराई, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र बास्तोलाले आम व्यवसायीको समस्याप्रति सरकार गम्भीर हुन आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया