युराेपमा नेशन्स लिगः स्पेनले राेक्याे जर्मनीलाई

समाधान संवाददाता २०७७ भदौ १९ गते ७:३४

एजेन्सी

काेराेनाकाे महामारीकैबीचमा युराेपमा खेलकुद गतिविधि भैरहेका छन् । अहिले युराेपियन देशहरुबीच नेशन्स लिग फुटबल प्रतियाेगिता भैरहेकाे छ ।

नेशन्स लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा स्पेनले जर्मनीलाई जित्नबाट राेकेकाे छ । जर्मनीले दोस्रो हाफको सुरुमा लिएको अग्रता अन्तिम समयसम्म कायम राखेको थियो ।

Advertisement

तर इन्जुरी समयकाे अन्तिम मिनेटमा स्पेनले बराबरी गोल गरेर खेलमा आफू हारबाट जोगियो भने जर्मनीलाई जित दर्ता गर्न दिएन ।

गोसेन्सको सहयोगमा टिमो वेर्नरले ५१ औँ मिनेटमा गोल गरी जर्मनीलाई अग्रता दिलाए । तर स्पेनका लागि जोसे गायाले बराबरी गोल गरे ।

Advertisement

इन्जुरी समयको पाँचौँ मिनेट अर्थात ९५ औँ मिनेटमा गायाले रोड्रिगोको सहयोगमा गोल गरेका हुन् ।

शुक्रबार राति नै भएको खेलमा वेल्सले फिनल्याण्डमाथि १ ० को जित दर्ता गरेको छ । वेल्सको जितमा ८० औँ मिनेटमा किएफर मूरले गरेको गोल नै निर्णायक बनेको हो ।

नेशन्स लिग अन्तर्गत बिहीबार राति भएका अरु खेलमा रुसले सर्बियालाई ३-१, युक्रेनले स्वीट्जरल्याण्डलाई २-१, हंगेरीले टर्कीलाई १-० तथा फारोइ आइल्याण्डले माल्टालाई ३-२ ले पराजित गरेका छन् ।

यस्तै लात्भिया र एन्डोरा तथा स्लोभेनिया र ग्रिसले गोलरहित, माल्डोभा र कोरोभो तथा बुल्गेरिया र रिपब्लिक अफ आयरल्याण्डले १-१ को बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया