गण्डकीमा फेरि ४३ जना संक्रमित थपिए, आज थपिने संख्या ८३

समाधान संवाददाता २०७७ भदौ १९ गते १३:५९

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशमा शुक्रबार फेरि ४३ जना संक्रमित थपिएका छन् । विहान ४० जनालाई संक्रमण पुष्टि भएकाे थियाे । याे सँगै याे प्रदेशमा एकै दिन ८३ जना काेराेना संक्रमिथ थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिउसाे जारी गरेकेा विज्ञप्तिका अनुसार ४३ जना मध्ये १ जना पाेखरा महानगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरुष हुन् । अन्य अरु जिल्लाका छन् ।

ती मध्ये सबै भन्दा धेरै नवलपुरका हुन् । नवलपुरमा २४ जनामा संक्रमण पुष्टि भएकाे छ भने गाेरखामा १६ जना थपिएका छन् ।

त्यस्तै मनाङ र स्याङ्जामा पनि एक एक जना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया