पछिल्लो २४ घन्टामा मुलुकभर १,०४१ संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ २० गते १६:४९

पोखरा । पछिल्लो २४ घन्टामा मुलुकभर थप १,०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै संक्रमितको संख्या देशभर ४५,२७७ पुगेको छ । तीमध्ये २७,१२७ जना निको भएका छन् । मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
हाल देशभर संक्रिय संक्रमितको संख्या १७,८७० पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

जसमध्ये ८,००४ जना घरमै र ९,८६६ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ ।

Advertisement

त्यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ४०८ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् ।

काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरका ४५ जना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

पछिल्लो २४ घन्टामा १,५६६ जना कोरोनाबाट संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

देशभर निको हुनेको संख्या २७,१२७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया