नेपाली विभागमा प्राज्ञिक लेखनबारे गोष्ठी

समाधान संवाददाता
पोखरा
पृथ्वीनारायण क्याम्पस, नेपाली विभागले शनिबार प्राज्ञिक लेखनबारे भर्चुअल गोष्ठी गरेको छ । गोष्ठीमा त्रिवि नेपाली केन्द्रीय विभागका प्राडा महादेव अवस्थीले ‘प्राज्ञिक लेखन ः विषयचयन र प्रस्तुतियोजना’ शीर्षकको गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको गोष्ठीपत्र विषयप्रवेश, विषयचयन, प्रस्तुतिढाँचा, भाषिक योजना र उपसंहार गरी ५ वटा उपशीर्षकमा विभाजित थियो । जसमा खास विषयमा निहीत ज्ञानको उत्खनन गरिने लेखन नै प्राज्ञिक लेखन हो भनी उल्लेख गरिएको छ । यस्तो प्राज्ञिक लेखाइका निम्ति लेखकले विषयचयन, प्रस्तुतिढाँचा र भाषिक योजनाका बारेमा विशेष ध्यान पु¥याउनुपर्नेछ भनी चर्चा गरिएको छ ।
यिनै बुँदामा केन्द्रित भएर गोष्ठीपत्र प्रस्तोता प्राडा अवस्थीले आफ्ना धारणा प्रस्तुत गरेपछि सहभागीकाबीच विशद् छलफल भएको थियो । छलफलमा डा.लक्ष्मीशरण अधिकारी, डा.पुण्यप्रसाद शर्मा, श्रीधर न्यौपाने, यादवराज अधिकारी, गिरबहादुर खड्का, शोभाकान्त गौतम, नारायण न्यौपाने, डा. भूमिराज बस्ताकोटी, बोधराज ढकाल, सुरज पौडेल, परशुराम कोइरालाले विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले प्राज्ञिक लेखनको महत्वमाथि प्रकाश पार्दै नेपाली विभागले गरेका प्राज्ञिक गतिविधिको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
सहायक क्याम्पस प्रमुख डा.वीरबहादुर कार्कीले पनि प्राज्ञिक लेखनका बारेमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । विभागीय प्रमुख प्रा.डा.कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण सहायक क्याम्पस प्रमुख तथा विभागीय सदस्य गीता पौडेलले गरेकी थिइन् भने श्रीधर न्यौपानेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । गिरबहादुर खड्का र सजना आचार्यले प्रतिवेदकको जिम्मेवारी लिएका थिए ।
प्राज्ञिक गतिविधि गर्ने क्रममा पृथ्वीनारायण क्याम्पसको यस नेपाली विभागले यही आर्थिक वर्षको आरम्भदेखि आयोजना गरेका गोष्ठीमध्ये यो गोष्ठी चौथो गोष्ठी हो । यस विभागले यही भदौ महिनाको तेस्रो हप्तामा साहित्य सिद्धान्तका बारेमा केन्द्रित भएर ५ औं गोष्ठी गर्दैछ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया