मलको अभावः दूध घोटेको कुराउनी, कतिलाई पुर्याउनी

सुशील सुवेदी
वालिङ
बुढापाकोको एउटा उखान निकै प्रचलित छ ‘दूध घोटेको कुराउनी कतिलाई पुर्याउनी ।’ अहिले देशभर युरिया मलको अवस्था यस्तै भएको छ । स्याङ्जा जिल्लाभर १३ सय टन युरिया मलको माग भए पनि ४२ टनमात्र आपूर्ति भएपछि मल लिन आएका किसान रित्तो हात फर्किन बाध्य भएका छन् ।
यस वर्षबाट गण्डकी प्रदेश सरकारले धानमा आत्मनिर्भर बनाउन प्रदेशमा चक्लाबन्दी धान खेतीलाई प्रबद्र्धन गरेको थियो । यस वर्ष लकडाउनको कारण पनि बाँझो जमीनमा धान लगाउने कृषकको संख्यामा वृद्धि भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिग्राम अधीकारीले बताए ।
तर, भदौको तेस्रो हप्ता लाग्दा पनि कृषकले पर्याप्त युरिया मल नपाएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
भदौको तेस्रो हप्ता लाग्दा पनि किसानले युरिया मल नपाएपछि चिन्तित बनेका छन् । अत्याधिक माग भए पनि आपूर्ति न्यून भएको युरिया मल किन्न बोरा लिएर बिहानैदेखि लामबद्ध किसान रित्तै फर्किन बाध्य भएका हुन् ।
कृषि सामग्री कम्पनी स्याङ्जाले आपूर्ति गर्नुपर्ने मलमा बेवास्ता गरेपछि जिल्ला सहकारी संघ मार्फत् ४२ मेट्रिक टन युरिया मल जिल्ला भित्रिएको थियो । साल्ट ट्रेडिङ करपोरेसनबाट ल्याइएको ८ सय ४० बोरा युरिया मल जिल्ला सहकारी संघले जिल्ला भित्र रहेका ३१ सहकारीलाई वितरण गरेको थियो । दामासाही रुपमा वितरण गरिएको मल पनि लामबद्ध किसानले प्राप्त गर्न सकेनन् ।
गत वर्ष ६८ हजार किलो मल बिक्री गरेको महालक्ष्मी बहुउदेद्दयीय सहकारी संस्थाले यस वर्ष १५ सय किलो युरिया मल मात्र बिक्री गरेको सहकारीका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । उनी भन्छन्, ‘कृषकले आफ्नो नाम दर्ता गरेको आधारमा १ कृषकलाई ५ किलो मल वितरण गरियो । न नाम दर्ता गराएका सबै कृषकले मल पाए न त सहकारीका सेयर सदस्यले ।’
माटोको उर्वराशक्ति हटाउने यस्ता रासायनिक मलको पर्खाइमा बस्नुभन्दा परनिर्भरता हटाउँदै वैकल्पिक विधि अबलम्बन गर्न किन सकिँदैन ? सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया