गण्डकीका ६ जिल्लामा थपिए ६७ संक्रमित

समाधान संवाददाता २०७७ भदौ २१ गते ९:१२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जनामा पोजेटिभ देखिएको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १४ पुगेको छ । तीमध्ये १७ सय ६६ जना निको भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया