कुनै लक्षण छैन्, एकदम ठिक छु र काम गरिरहेकाे छु– डिआईजी अर्याल

समाधान संवाददाता
गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल काेराेना संक्रमण पुष्टि भएपनि आफ्नाे जिम्मेबारी अनुसारकाे काम गरिरहेकाे बताएका छन् ।
आइतबार काेराेना संक्रमण पुष्टि भएका डिआइजी अर्याल संक्रमितकाे कन्ट्याक ट्रेसिङमा परेदेखि नै हाेम आइसाेलेशनमा बसेका थिए ।
पाेखरा स्थित आफ्नै क्वाटरमा आइसाेलेशनमा बसेका डिआईजी अर्यालले क्वाटरबाटै काम गरिरहेका छन् । आफ्नाे मातहतकाे निकायबाट रिपाेर्ट लिने र आवश्यक आदेश दिने काम घरबाटै गरेकाे छु– उनले समाधानसँग भने ।
आफु संक्रमित भए पनि प्रदेशभर प्रहरीकाे काममा कुनै असर पर्न नदिने बताउदै उनले भने–अहिले कार्यलय जाने, फाइल हेर्ने र हस्ताक्षर गर्ने काम स्थगित छन् , तत्कालका लागि यसले केही फरक पार्दैन ।
आफूमा काेराेना संक्रमण पुष्टि भएपनि लक्षण केही नरहेकाे उनले बताए । मलाई त सामान्य खाेकी पनि लागेकाे छैन् भन्दै एक प्रतिशत पनि लक्षण नरहेकाे दावी गरे ।
उनलाई संक्रमण पुष्टि भएपछि उहाँकी श्रीमती, चालक सहितका सुरक्षाकर्मी, भान्से लगायतका कर्मचारीकाे आजै स्वाब संकलन गरिएकाे छ ।
डिआइजी अर्यालले काेराेना महामारीका बेलामा पनि प्रहरी सुरक्षाकर्मीले आफ्नाे ज्यानकाे लागि भन्दा पनि देशकाे सेवामा खटिएकाे दावी गरे । मलाई पनि काममै खटिएकाे बेलामा भाइरस सर्याे, तर यसलाई सहजै जित्ने आत्मबल छ–उनले भने ।
कर्म क्षेत्रमा खटिएका प्रहरीलाई उच्च मनाेबलका साथ जिम्मेबारी पुरा गर्न पनि डिआइजी अर्यालले आग्रह गरेका छन् ।








वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
ढोरपाटनमा फस्टायो घोडचढी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया